शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिणकालीमा काँग्रेस–एमालेको टक्कर, ४ वटा वडाको अन्तिम नतिजा आयो

आइतबार, ०१ जेठ २०७९, १२ : ५८
आइतबार, ०१ जेठ २०७९

काठमाडौको दक्षिणकाली नगरपालिकाका नौ वडामध्ये १,२,३ र ९ नम्बर गरी चार वटा वडाको मतगणना सकिएको छ । ८ वडाको गणना जारी छ । गणना एका चारमध्ये २ वटा वडाको वडाध्यक्ष पदमा नेकपा एमाले र २ वटामा नेपाली काँग्रेस विजयी भएको छ । वडानम्बर १ र ३ को वडाध्यक्षमा एमाले उम्मेदवार विजयी बन्दा २ र ९ मा काँग्रेस विजयी भएको हो । 

१ नम्बर वडामा एमालेका जयबहादुर थापाले १००९ मत ल्याएर विजयी बन्दा प्रतिस्पर्धी काँग्रेसका जयन्द्र लामाले ८०५ मत मात्र पाए । त्यसैगरी ३ मा प्रचण्डमान सिंह बस्नेतले ४६९ मत ल्याएर विजयी बन्दा काँग्रेसका सागर श्रेष्ठले ४४३ मत मात्रै पाए । वडानम्बर २ मा काँग्रेसका रामचन्द्र क्षेत्रीले ४७७ मतसहित विजयी बन्दा एमालेका चिरञ्जिवी बोहोराले ४३२ मतमात्र पाए । ९ मा काँग्रेसका अम्रिका बलामीले ८९६ मत पाएर विजयी बन्दा एमालेका पुयराम गुरुङले ६२३ मत मात्रै पाए । वडानम्बर ८ को मतगणना जारी छ । यो वडामा काँग्रेसका उम्मेदवार योसकुमार वाइवाले १२३६ मत ल्याएर अग्रता कायम गरेका छन् भने एमालेका राजकुमार लामाले ५५९ मत ल्याएर पछ्याइरहेका छन् । 

दक्षिणकाली नगरपालिकाको मेयरमा अहिलेसम्मको गणनामा  काँग्रेसका मोहन बस्नेतले ४२५१ मतसहित अग्रता लिएकी छन् भने एमालेका श्रीराम आचार्यले २९६२ मतले पछ्याइरहेका छन् । त्यस्तै उपमेयरमा पनि काँग्रेस उम्मेदवार वसन्ती लामाले ४२५१ मत ल्याउँदा एमालेकी इन्दिरा न्यौपानेले २७२१ मत पाएर पछ्याउँदै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप