शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मराठी अभिनेत्री केतली पक्राउ

आइतबार, ०१ जेठ २०७९, १३ : १४
आइतबार, ०१ जेठ २०७९

 

मराठी नायिका केतली चितलेलाई भारतको अपराध शाखाले पक्राउ गरेको छ । राष्ट्रवादी कांग्रेस पार्टीका प्रमुख शरद पवारविरुद्ध सोसल मिडियामा आपत्तिजनक पोस्ट लेखेको आरोपमा उनलाई ठाणे क्राइम ब्रान्चले हिरासतमा लिएको हो ।

हिरासतमा लिएपछि एनसीपीका कार्यकर्ताले उनीमाथि कालो मसी फ्याँकेका छन् । उनीविरुद्ध पाँचवटा उजुरी दर्ता भएका छन् । यीमध्ये एउटा उजुरी ठाणे शहरको कलवा पुलिस स्टेशनमा दुई पुणे र मुम्बईमा भएको हो ।

के हो घटना ?

चितालेले जुन पोस्ट सेयर गरेकी छिन् त्यो कविताको रुपमा छ र त्यो अरु कसैले लेखेका थिए । त्यसमा नाम लेखिएको छैन र थरमा पवार र उमेर ८० वर्ष लेखिएको छ । जबकी राष्ट्रवादी कांग्रेस पार्टी प्रमुख ८१ वर्षका छन् ।

पत्रकारसँगको कुराकानीमा शरद पवारले आफूले चितालेलाई नचिन्ने बताउँदै उनले आफ्नाबारे इन्टरनेटमा के लेखेकी छिन् भन्ने पनि थाहा नभएको बताएका छन् ।

एक प्रहरी अधिकारीले दिएको जानकारी अनुसार स्वप्निल नेतके नामका व्यक्तिको उजुरीको आधारमा चितालेविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

को हुन् केतकी चितले ?

केतकी सानो पर्दाकी अभिनेत्री हुन् जो स्टार प्रवाहको अंबत गोड, जीफाइभ के तुजा मजा ब्रेकअप र सोनी टिभीको सास बिना ससुरालजस्ता टिभी शोमा देखिएकी छिन् । केतकी आफ्नो भूमिकामा कम र सोसल मिडियामा विवादास्पद पोस्टका कारण अत्यधिक चर्चामा आउने गर्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप