
जेठ महिनामा पनि बैंकिङ ब्याजदर स्थिर रहने

वाणिज्य बैंकहरुले जेठ महिनाका लागि निक्षेपको ब्याजदर स्थिर राखेका छन् । फागुन महिनामा ब्याजदर बढाएर अधिकतम ११.०३ प्रतिशत पु¥याएका बैंकहरुले पछिल्लो तीन महिनादेखि ब्याजदर स्थिर राखेका हुन् ।
२७ वटा वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स संघले तरलता अभावका बीच पनि जेठ महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरिएको जनाएको छ । ब्याजदर बढाए पनि निक्षेप नबढ्ने तर लागत भने वृद्धि हुने भएपछि बैंकहरुलाई संघले जेठमा पनि वैशाखकै ब्याजदरलाई निरन्तरता दिन आग्रह गरेको थियो ।
योसँगै जेठ महिनामा पनि बैंकहरुले मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशतसम्म ब्याजदर दिनेछन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ