‘सत्यमोहन’ कृतिलाई उत्तम–शान्ति पुरस्कार

संस्कृतिविद् सत्यमोहन जोशीको जीवनीमा आधारित पुस्तक ‘सत्यमोहन’ लाई २०७८ को उत्तम–शान्ति पुरस्कार प्रदान गरिने भएको छ । हरेक वर्ष प्रकाशित भएका गैरआख्यान कृतिमध्ये उत्कृष्ट कृतिलाई यो पुरस्कार प्रदान गरिँदै आएको छ । २०७८ सालमा प्रकाशित कृतिमध्ये ‘सत्यमोहन’ एक शताब्दी लामो इतिहासको आँखी झ्यालका रूपमा प्रेरणादायी साथै शैलीगत दृष्टिले रोचक कृति भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सो पुरस्कार कृतिका नायक व्यक्तित्व शताब्दी पुरुष सत्यमोहन जोशी र लेखक गिरीश गिरीलाई संयुक्त रूपमा हस्तान्तरण गरिनेछ ।
२०४४ सालमा साहित्यिक पत्रकार उत्तम कुँवरको स्मृतिमा उनकी धर्मपत्नी स्व. शान्ति कुँवरले स्थापना गरेको यो पुरस्कार उत्तम कुँवरको जन्म जयन्तिका अवसरमा जेठ १२ गते प्रदान गरिने ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ ले जानकारी दिएको छ । पुरस्कारको राशि १ लाख रुपैयाँ र सम्मानपत्र रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा सदस्यको संख्या १६५ बनाउन सांसद देवकोटाको माग
-
सदभाव र सुवासलाई तीन स्ट्रोकको अग्रता
-
एसईईको नतिजा नआई कक्षा ११ को भर्ना नगर्न काठमाडौँ महानगरको निर्देशन
-
प्रदेशसभा स्थगित गरिएकोप्रति कांग्रेसको आपत्ति
-
कोशी प्रदेश : अल्पमतको सरकारले बजेट कसरी ल्याउँछ ?
-
वामदेव गौतम एमालेमा फर्कन तयार, ओलीको यस्तो प्रतिक्रिया