दीपा राई पुनको कविता संग्रह सार्वजनिक
आइतबार, ०१ जेठ २०७९, १४ : ४७

दीपा राई पुनको कविता संग्रह “दियोको अन्तिम लप्का र शरद्का पहेँला पातहरु” शनिबार मण्डला थिएटरमा सार्वजनिक भएको छ । कवि तुलसी दिवस, विप्लव प्रतीक, खगेन्द्र लुईंटेल, प्रगति राई, स्रष्टा स्वयम् तथा स्रष्टाकी आमा विमला राईले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरे ।
सो अवसरमा कवि दिवसले आफूलाई दीपाका बान्की परेका कविता पढ्दा ईर्ष्या महसुस भएको बताए । पुस्तक प्रकाशक ‘वी रिड’ की प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले आफ्नो प्रकाशन सँस्था कथालयबाट बालबालिकाका लागि मात्र नभई अन्य विधामा पनि पुस्तक प्रकाशन गरिरहेको जनाइन् ।
कार्यक्रममा स्रष्टा राई पुनले लोकार्पित पुस्तकबाट छ वटा कविता वाचन गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश : अल्पमतको सरकारले बजेट कसरी ल्याउँछ ?
-
वामदेव गौतम एमालेमा फर्कन तयार, ओलीको यस्तो प्रतिक्रिया
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
काठमाडौँमा ३ दिन अन्तर्राष्ट्रिय बीमा सम्मेलनको आयोजना हुने
-
सुदूपश्चिममा हेल्लो सिएम कार्यक्रम पुनः सञ्चालन गरिने
-
बिहीवार प्रधानमन्त्रीले लुम्बिनी केवलकारको औपचारिक उद्घाटन गर्ने