बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बंगाली टिभी अभिनेत्री पल्लवीको मृत्यु, घरभित्र झुण्डिएको अवस्थामा फेला

आइतबार, ०१ जेठ २०७९, १६ : २७
आइतबार, ०१ जेठ २०७९

बंगाली टिभी अभिनेत्री पल्लवी डेको निधन भएको छ । कोलकातामा बंगाली टिभी नायिका पल्लवी डेको शव झुण्डिएको अवस्थामा फेला परेको छ । उनको शव आइतबार बिहान भेटिएको हो । प्रहरीका अनुसार प्राथमिक छानबिनपछि यो आत्महत्या मामिला बताइँदै छ ।

प्रहरीले सुरु गर्यो अनुसन्धानः

भारतीय सञ्चार माध्यमका अनुसार यो मामिलामा प्रहरीले अस्वाभाविक मृत्युको मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । पल्लवीको शव उनको घरको पंखामा झुण्डिएको थियो । पल्लवीलाई त्यस्तो अवस्थामा देखेपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । अस्पताल लग्ने बित्तिकै उनलाई मृत घोषित गरियो ।

पल्लवीको शव पोस्टमार्टमका लागि पठाइएको छ । प्रहरीले नायिकाले आत्महत्या गर्नु पछाडिको कारण जान्ने कोसिस गरिरहेको छ ।

बंगाली टिभीकी चर्चि अभिनेत्री थिइन् पल्लवीः

पल्लवी बंगाली टिभी इन्डष्ट्रिकी एक चर्चित नायिका थिइन् । उनी टिभी शो ‘मोन माने ना’ मा मुख्य भूमिकामा देखिएकी थिइन् । पल्लवी करियरको कुरा गर्नु पर्दा टिभी सिरियल ‘रेशम झाँपी’ मा काम गरेपछि उनले विशेष पहिचान पाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप