शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको गृह जिल्लाका १० तहको प्रारम्भिक रुझान् : काँग्रेस ७ वटामा अघि हुँदा एमाले २ मा सीमित

आइतबार, ०१ जेठ २०७९, १६ : ४९
आइतबार, ०१ जेठ २०७९

केपी ओलीको गृह जिल्ला झापाका १६ स्थानीय तहमध्ये १० वटा तहमा भएको मत गणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । १० तहमध्ये प्रमुख पदको प्रारम्भिक नतिजामा काँग्रेस सात तहमा अग्रस्थानमा छ भने एमालेले दुईवटा र राप्रपाले एकमा अग्रता बनाइरहेको छ । 

काँग्रेसले अग्रता लिएका स्थानीय तहमध्ये कचनकवल गाउँपालिका,भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, गौरिगञ्ज गाउँपालिका,कमल गाउँपालिका र काँग्रेसकै बागी रहेको कन्काई नगरपालिका रहेका छन् । त्यस्तै प्रारम्भिक नतिजामा एमालेले अर्जुनधारा नगरपालिका र शिवसतासी नगरपालिकामा अग्रता लिएको छ । समाचार तयार पार्दासम्म दमक नगरपालिकामा राप्रपाका मेयरका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप