शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जब सञ्जय दत्तको प्रेममा डुबेकी थिइन् माधुरी दिक्षित, किन भएन विवाह ?

आइतबार, ०१ जेठ २०७९, १६ : ५५
आइतबार, ०१ जेठ २०७९

बलिउडकी डान्सिङ क्विन भनिने माधुरी दिक्षित आज आफ्नो ५५ औँ जन्मदिन मनाइरहेकी छिन् । माधुरी आफ्नो समयकी सबैभन्दा सुन्दर र क्षमतावान् नायिकामध्ये एक थिइन् । उनको सुन्दरताको जादु अहिलेसम्म चल्ने गर्छ ।

माधुरी दिक्षितको अभिनय र नृत्यबारे त धेरै कुरा सुन्नुभएको होला तर आज माधुरी र सञ्जय दत्तको विशेष सम्बन्धबारे कुराकानी गरौँ । माधुरी र सञ्जयले थुप्रै फिल्ममा सँगै काम गरेका छन् ।

साजन फिल्मको सुटिङका बेला यी दुई एक–अर्कासँग नजिकिए । त्यतिबेलाका समाचार र टिभी च्यानलले यी दुईको अफेयरबारे हरेक दिन समाचार प्रकाशन र प्रसारण गर्ने गर्दथ्यो । यद्यपि, यी दुबैले आफ्नो सम्बन्धबारे कहिल्यै पनि खुलेर कुरा गरेनन् ।

माधुरी र सञ्जयले कुनैबेला विवाह पनि गर्न चाहेका थिए । तर यतिबेला सञ्जय दत्तको नाम मुम्बई बम बिस्फोटमा आयो र टाडा कानुन अन्तर्गत उनलाई जेल पठाइयो । उता सञ्जय दत्त जेल गए र यता माधुरी उनीबाट टाढा हुन सुरु गरिन् ।

माधुरी दिक्षितले सञ्जय दत्तसँग आफ्नो सम्बन्ध यसरी तोडिन् कि २६ वर्षसम्म यी दुईले न त एक–अर्कासँग कुरा गरे, न सँगै काम नै गरे । वर्षौँपछि यी दुई ‘कलंक’ फिल्ममार्फत् पर्दामा फिर्ता भए ।

सन् १९९९ मा माधुरी आफ्ना भाइलाई भेट्न अमेरिका गएकी थिइन् । यतिबेला उनको भेट श्रीराम नेनेसँग भयो । केही महिनासम्म उनीहरुले एक–अर्कालाई डेट गरेपछि माधुरीले उनीसँग विवाह गरेर सबैलाई चकित पारिदिइन् ।

 


माधुरी दिक्षितले सञ्जय दत्तसँग किन विवाह गरिनन् यसको कारण कसैलाई पनि थाहा छैन । तर यदि सञ्जय दत्त जेल नगएको भए सायद उनीहरुको सम्बन्धले केही अर्कै रुप लिने थियो भनेर धेरैले अनुमान भने गर्छन् ।

श्रीराम नेनेसँग विवाहपछि माधुरी भारत छोडेर थुप्रै वर्षसम्म अमेरिका बसिन् । १२ वर्षपछि जब माधुरी भारत फर्किइन् तब उनले फिल्म, सिरिज र रियालिटी शोमार्फत् आफ्नो करियरको नयाँ सुरुवात गरिन् र उनी सफल पनि भइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप