शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महाकाली नगरपालिकामा एमाले उम्मेदवार विजयी

आइतबार, ०१ जेठ २०७९, २० : ०१
आइतबार, ०१ जेठ २०७९

दार्चुलाको महाकाली नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा एमाले नेता नरसिंह चैसीर र उपप्रमुखमा दुर्गा खत्री विष्टले विजयी भएका हुन् । 

मेयरमा विजयी चैसीरले पाँच हजार १३ मत प्राप्त गरेका छन् । चैसीरसँग पराजित भएका गठबन्धनको तर्फबाट काँग्रेस उम्मेदवार हंसराज भट्टले तीन हजार ८ सय ८७ मत प्राप्त गरे । भट्ट २०७४ को निर्वाचनमा काँग्रेसबाट मेयरमा विजयी भएका थिए । 

उपमेयरमा विजयी विष्टले चार हजार ६ सय २६ मत प्राप्त गर्दा उनी पराजित गठबन्धनको तर्फबाट काँग्रेस उम्मेदवार सुना बोहराले चार हजार १ सय ८२ मत प्राप्त गरिन् ।  महाकाली नगरपालिका काँग्रेसको गढ मानिएको थियो । त्यो नगरपालिकामा सत्ताधारी दलहरूले गठबन्धन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप