बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीमा माओवादीको अग्रता

आइतबार, ०१ जेठ २०७९, २० : ४१
आइतबार, ०१ जेठ २०७९

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका गठबन्धनबाट नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । कुल १०७०१ गणना हुँदा माओवादीका कृष्णप्रसाद सापकोटाले ४४४१ मत ल्याएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रबहादुर नेपालले ३०३८ मत ल्याएका छन्। यस्तै उपमेयरमा गठबन्धनबाट एकीकृत समाजवादीकी सीता थापाले ३७३० मत ल्याउँदा एमालेकी बालकुमारी सापकोटाले ३१८७ मत ल्याएकी छिन्। चौतारा साँगाचोक नगरमा माओवादी केन्द्र र एकीकृत समाजवादसँग तालमेल छ। यस्तै नेपाली काँग्रेसबाट मेयरमा केशवराज गिरीले १७३५ मत र उपमेयर तुलसीकुमारी श्रेष्ठले १४२१ मत ल्याएकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप