बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङमा १९ वडाको नतिजा सार्वजनिक, कसले कति वडामा जिते ?

आइतबार, ०१ जेठ २०७९, २० : ४६
आइतबार, ०१ जेठ २०७९

मोरङको १५९ वडामध्ये १९ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसमा नेकपा एमालेले ९, नेपाली काँग्रेस ८ र माओवादी केन्द्रले २ वटा वडा जितेको छ । 

एमालेले वडाहरूमा कटहरी गाउँपालिको १, २, कानेपोखरी गाउँपालिकाको २, ७, ६, केराबारी गाउँपालिका १ र १०, ग्रामथान गाउँपालिकाको ७ नम्बर वडामा जितेको छ । यस्तै सुनवर्षी नगरपालिका ३ मा पनि एमालेले जितेको छ । 

काँग्रेसले भने जहदा गाउँपालिकाको १ र ७,  मिक्लाजुङ गाउँपालिकाको १, २, ४ र ५ मा जितेको छ । यसैगरी सुनवर्षी नगरपालिका १ र २ मा पनि काँग्रेसले जितेको छ । यस्तै माओवादी केन्द्रले भने धनपालथान गाउँपालिका १ र मिक्लाजुङ गाउँपालिकाको ५ नम्बर वडामा जितेको छ । १९ वडाको नतिजा सार्वजनिक हुँदा ९५ जना निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप