प्रधानमन्त्री देउवा लुम्बिनीमा
आइतबार, ०१ जेठ २०७९, २३ : ५२

प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार लुम्बिनी आएका छन् । लुम्बिनीमा हुने दुई कार्यक्रममा सहभागी हुनका लागि प्रधानमन्त्री देउवा लुम्बिनी आएका हुन् । प्रधानमन्त्री देउवा सोमबार लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनेछन् भने भैरहवा विमानस्थलको उद्घाटन समेत गर्नेछन् । सोमबारै उनले लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागत समेत गर्नेछन् ।
देउवा सोमबार बिहान ७ बजे भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न भैरहवामा आउने कार्यक्र तय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । त्यसपछि उनी भारतीय प्रधानमन्त्रीको स्वागत कार्यक्रममा सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीतिकथा : उपदेश
-
सामाजिक न्याय, सुशासन र समृद्धि सरकारका मुख्य प्राथमिकता : प्रधानमन्त्री
-
राष्ट्रिय अनुसन्धान विभागका २२ जना अनुसन्धान अधिकृत डिएसपीमा बढुवा
-
संघीयताको पाँच वर्ष बित्यो, लुम्बिनीबाट कहिले सर्लान् कर्णालीका संरचना ?
-
विश्वविद्यालय विधेयकप्रति सांसदहरूको शङ्का
-
आमसञ्चार प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री