बुद्धको मार्गदर्शन अनुशरण गरे राष्ट्रिय एकता तथा विश्व शान्तिका लागि टेवा : बागमती प्रदेश प्रमुख
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुद्धको मार्गदर्शन अनुशरण गरे राष्ट्रिय एकता तथा विश्व शान्तिका लागि टेवा पुग्ने धारणा राखेका छन् । उनले २५६६ औं बुद्धजयन्तीका अवसरमा सोमबार शुभकामना सन्देश व्यक्त गर्दै वैशाख शुक्लपक्षको पूर्णिमा तिथि गौतम बुद्धको त्रिसंयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा बुद्धप्रति श्रद्धा भाव व्यक्त गर्ने महत्वपूर्ण दिनका रुपमा बद्ध जयन्ती मनाउने गरेको बताएका छन् ।
‘सम्पूर्ण बौद्धमार्गी नेपालीहरु तथा बुद्धको भ्रातृत्व, शान्ति, अहिंसा र करुणाप्रति विश्वास राख्ने स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महानुभावमा हार्दिक शुभकामना व्यक्त गर्दछु,’ प्रदेश प्रमुख शर्माले शुभकामना सन्देशमा भनेका छन् ।
‘उहाँका प्रेरणादायी उपदेश तथा जीवनोपयोगी मार्गदर्शनलाई अनुशरण गर्न सकेमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व अभिवृद्धि भई राष्ट्रिय एकता तथा विश्व शान्तिका लागि टेवा पुग्दछ भन्ने मलाई विश्वास छ,’ प्रमुख शर्माले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।
प्रमुख शर्माले गौतम बुद्धका उपदेश तथा मार्गदर्शनलाई पछ्याउँदै सत्य, शान्ति, तथा समृद्धिको पथमा हिँड्नका लागि आजको दिनले हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा
-
मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !