अमेरिकामा फेरि गोलीकाण्ड, एक जनाको मृत्यु
सोमबार, ०२ जेठ २०७९, ०७ : ३१
लस एन्जलस नजिकैको एउटा चर्चमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने चार जना ‘गम्भीर’ घाइते भएका छन् । न्युयोर्कको एउटा सुपर मार्केटमा भएको बन्दुक हमलाको भोलीपल्ट चर्चमा आक्रमण भएको हो ।
सो आक्रमणमा १० जना मारिएका थिए । ‘चर्च हमलामा चार जना गम्भीर घाइते भएका छन्’, ओरेन्ज काउन्टी सेरिफ विभागले भनेको छ । घाइते एक जनाको घटनास्थलमै मृत्यु भएको विभागले जनाएको छ । घाइतेहरू सबै जना वयस्क भएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
आक्रमणमा संलग्न रहेको आशंकामा एक शंकास्पद पक्राउ परेका छन् । त्यस्तै, घटना स्थलमा प्रयोग भएको अनुमान गरिएको एउटा बन्दुकसमेत फेला परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो