शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरी ए फुटबल : दुबै मिलानको उपाधि होड

सोमबार, ०२ जेठ २०७९, ०७ : ४६
सोमबार, ०२ जेठ २०७९

इटालियन सिरी ए फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा  शीर्ष टोलीहरू एसी मिलान र इन्टर मिलानले सहज जित निकालेका छन् । घरेलु मैदानमा एसी  मिलानले एट्लान्टालाई २(० ले  पराजित गर्‍यो  । एसी मिलानको जितमा राफायल लियो र थियो हर्नान्डेजले समान एक गोल गरे ।

जितसँगै मिलानले ३७ खेलबाट ८३ अंक जोडेर शीर्ष स्थानमा छ । एट्लान्टा ५९ अंक जोडेर आठौँ स्थानमा छ । अर्को खेलमा इन्टर मिलानले काग्लीअरीलाई ३(१ ले हरायो । इन्टरको जितमा लौटारो मार्टिनेजले दुई गोल गर्दा माथ्यो डार्मिअनले एक गोल गरे  । 

जितसँगै समान खेलबाट ८१ अंक बनाएको इन्टर दोस्रो स्थानमा छ  । काग्लिअरी २९ अंकसहित रेलिगेसन क्षेत्रमा छ । अब अन्तिम खेलमा एसी मिलानले जित निकाले स्वत्स् सिरी ए लिग विजेता बन्नेछ । एसि मिलान पराजित भए इन्टरको सम्भावना रहन्छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप