बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बूढानीलकण्ठमा काँग्रेसको अग्रता

सोमबार, ०२ जेठ २०७९, ०९ : ५७
सोमबार, ०२ जेठ २०७९

काठमाडौंको बूढानीलकण्ठ नगरपालिको प्रमुखमा नेपाली काँग्रेसले अग्रता लिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अगाडि सम्पन्न मतगणनामा  काँग्रेसका उम्मेदवार विनोद चालिसेले दुई हजार ८७७ मत ल्याई अग्रता लिएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मीठाराम अधिकारीले एक हजार ७८० मत प्राप्त गरेका छन् । उक्त नगरपालिकाको प्रमुखमा १५ जनाको उम्मेदवारी परेको थियो । यस्तै, उपप्रमुखमा पनि काँग्रेसका उम्मेदवार रमिला वाग्लेले तीन हजार २२१ मत ल्याएर अग्रता लिएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी  एमालेकी उम्मेदवार अनिता लामाले तीन हजार १७१ मत प्राप्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप