बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अपडेट : धनौजीमा २५ राउन्ड हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि सेना परिचालन

सोमबार, ०२ जेठ २०७९, १० : १०
सोमबार, ०२ जेठ २०७९

धनुषाको धनौजीमा मतगणनाका क्रममा विवाद बढेर झडपको अवस्था निम्तिएपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको छ । भिड तितरबितर पार्न प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको थियो ।

स्थिति नियन्त्रणमा नआएपछि केही बेरअघि सेना परिचालन गरिएको छ । सेनाले मत गणना स्थलमा सुरक्षा प्रदान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीप क्षेत्रीले झडप हुन थालेपछि प्रहरीले २५ राउन्ड हवाई फायर गरेको रातोपाटीलाई बताए ।

मतगणनाका क्रममा मत पेटिकामा कुल खसेको भन्दा बढी मत भेटिएपछि विवाद सुरु भएको हो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप