बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दिल्लीको तापक्रम ४९ डिग्री, सर्वसाधारणलाई घरभित्रै बस्न अनुरोध

सोमबार, ०२ जेठ २०७९, १० : २४
सोमबार, ०२ जेठ २०७९

तीब्र तातो हावाका कारण भारतका केही भागमा अत्यधिक गर्मी बढेको छ । दिल्ली र उत्तर प्रदेशका स्थानहरूको तापक्रम  ४९ डिग्री सेल्सियस मापन गरिएको छ ।  मौसम कार्यालयले केरलामा भारी वर्षाको चेतावनी दिएको छ भने पाँच जिल्लाहरूमा रेड अलर्ट जारी गरिएको छ ।

दिल्लीमा सफदरजंग अब्जरभेटरीले ४५ दशमलब ६ डिग्री सेल्सियस रेकर्ड गरेको छ भने उत्तरपश्चिम दिल्लीको मुंगेशपुर र दक्षिणपश्चिम दिल्लीको नजफगढमा दुई वटा मौसम स्टेसनहरूले क्रमशः ४९ दशमलब २ र ४९ दशमलब १ डिग्री सेल्सियस रिपोर्ट गरेका छन् । 

सफदरजंगको तापक्रम यो सिजनको उच्च हो । अत्यधिक गर्मी बढेपछि सर्वसाधारणलाई घरभित्रै बस्न भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप