शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चामुण्डाबिन्द्रासैनी–३ मा नेमकिपाका उम्मेदवार विजयी

सोमबार, ०२ जेठ २०७९, १० : ५४
सोमबार, ०२ जेठ २०७९

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पुनः विजयी भएको छ  । सो वडामा नेमकिपाका दीपबहादुर शाहीले ४२८ मतसहित विजयी प्राप्त गरेका हुन्  । 

उनले नेपाली काँग्रेसका अमरबहादुर शाहीलाई पराजित गरेका हुन् । शाहीले ३६३ मत पाएका छन् । यस्तै नेकपा एमालेका दिनेश बहादुर विकले १४८ मत पाए भने  माओवादी केन्द्रका टोप बहादुर खप्तडीले  चार मत पाएका छन् ।

 ०७४ मा पनि यो वडाको नेतृत्व नेमकिपाकै निरक बहादुर शाहीले गरेका थिए  । ०७४ अघि यो क्षेत्र काँग्रेसको पकड क्षेत्रको रुपमा मानिन्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप