शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गीतकार महेन्द्रदीप राई वडा अध्यक्षमा विजयी

सोमबार, ०२ जेठ २०७९, १० : ५५
सोमबार, ०२ जेठ २०७९

गीतकार महेन्द्रदीप राई (महेन्द्र राज राई) सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नं ६ को अध्यक्षमा विजयी भएका छन् । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका उनले ५५१ प्राप्त गर्दै विजयी भएका हुन् ।

उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार मोहन राईलाई एक मतले पछि परेका थिए । मोहनले ५५० मत प्राप्त गरेका छन् । विजयी राईका शब्दमा गायक राजेश पायलको स्वरमा ‘याद यति’, गायिका अञ्जु पन्तको स्वरमा ‘सत्य सानु’का अलवा ‘पुर्वेली थिती’ लगायत करिब दर्जन गीत बाहिर आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप