शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचन : कति पदमा कुन पार्टी विजयी ?

सोमबार, ०२ जेठ २०७९, १२ : १५
सोमबार, ०२ जेठ २०७९

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको परिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म १०५ स्थानीय तहको अन्तिम नजिता आएको छ ।  सार्वजनिक नतिजाअनुसार हालसम्म सबैभन्दा बढी पालिकाको प्रमुख रअध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसले अन्तिम नतिजा सार्वजनिक भएका १०५ स्थानीय तहमध्ये ४२ वटाको प्रमुख र अध्यक्ष जितेको छ । 

कांग्रेसलाई नेकपा एमालेले पछ्याइरहेको छ । एमालेले हालसम्म ३६ पालिकाको प्रमुख र अध्यक्ष जितेको छ । नेकपा (माओवादी केन्द्र)ले २३ पालिकाको प्रमुख र अध्यक्ष जितेको आयोगको तथ्याङ्कले देखाउँछ । 

हालसम्म नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दुई र अन्यले २ पालिका प्रमुख र अध्यक्षमा विजयी बनेका छन् ।  

हालसम्म भएको मतगणना अनुसार २५९ पालिका प्रमुख र अध्यक्ष मा कांग्रेस, १५१ पालिका प्रमुख र अध्यक्षमा एमाले, ९६ पालिका प्रमुख र अध्यक्षमा माओवादी केन्द्र, १८ पालिका प्रमुख र अध्यक्षमा एकीकृत समाजवादी, २९ पालिका र अध्यक्षमा जनता समाजवादी पार्टी, नेपाल, ११ पालिका प्रमुख र अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र २५ पालिकामा अन्य तथा स्वतन्त्र उम्मेदवारले अग्रता लिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप