बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुरामा झडप हुँदा म्यादी प्रहरी घाइते

सोमबार, ०२ जेठ २०७९, १२ : ३६
सोमबार, ०२ जेठ २०७९

बाजुराको बडिमालिका नगरपालिकास्थित वडा नम्बर–२ मा झडप भएको छ । सो वडाको अध्यक्षमा निर्वाचित वडाअध्यक्ष डम्बरबहादुर महतको विजय जुलुसमा सहभागीहरुले म्यादी प्रहरीमाथि धारिलो हतियार प्रहार गरेका छन् । धारिलो हतियारको प्रहारबाट म्यादी प्रहरी २३ वर्षका पुष्प कटुवाल घाइते भएका छन् ।

हतियार प्रहार गर्ने २० वर्षीय नरेन्द्र नाथसहित दुई जनालाई पक्राउ गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोलाबहादुर रावलले रातोपाटीलाई बताए । घाइते म्यादी प्रहरीको जिल्ला सदरमुकाममा उपचार भइरहेको छ । निर्वाचित पक्षका कार्यकर्ताहरूले कांग्रेसका उम्मेदवारको घरमा ढुंगामुढा गरेपछि दुई पक्षका कार्यकर्ताहरूको बीचमा झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन परिचालित प्रहरीमामाथि एमालेका कार्यकर्ताहरु जाइलागेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप