शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घोराहीमा गठबन्धनलाई पछि पार्दै एमालेको अग्रता

सोमबार, ०२ जेठ २०७९, १२ : ४४
सोमबार, ०२ जेठ २०७९

दाङको घोराही उपमहानगरमा सत्ता गठबन्धनलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ। गठबन्धनबाट मेयरमा नेकपा माओवादी केन्द्रका हेमराम शर्मालाई पछि पार्दै एमाले मेयरका उम्मेदवार नरुलाल चौधरीले अग्रता लिएका छन्। यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका भुपबहादुर डाँगीलाई पछि पार्दै एमालेकी हुमा डिसीले अग्रता लिएकी छिन्। 

एमाले चौधरीले ११४६० मतले अग्रता लिएका छन् भने माओवादीका शर्माले १०२४१ मत ल्याएका छन्। चौधरी शर्मा भन्दा १२९९ मतले अगाडि छन्। यस्तै उपप्रमुखमा एमालेकी डिसीले १११३८ मत ल्याएर अग्रता लिएकी छिन् भने काँग्रेसका डाँगीले १०९४८ मत ल्याएका छन् ।

अहिलेसम्म गणना भएका चार वडामा एमाले तीन र एक काँग्रेसले जितेको छ। गणना भएको उपमहानगर एक, दुई, र ११ एमाले प्रभाव बढी भएको क्षेत्र हो। त्यसैले एमाले उम्मेदवारको मत बढी भएको बताएको छ। अब उपमहानगरको ३, ४, ५, ६, ८, ९, १९ वडा गणना हुन बाँकी छ। त्यहाँ काँग्रेस र माओवादी प्रभाव बढी भएकाले मत धेरै आउने सक्ने गठबन्धन पक्षको दाबी छ। यदि ती वडामा समेत एमाले धेरै मत आएमा गठबन्धनका दुबै उम्मेदवारलाई जित्न कठिन हुने बताएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप