
धादिङको नीलकण्ठ–३ मा काँग्रेसका बागी उम्मेदवार विजयी

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा नेपाली काँग्रेसका बागी उम्मेदवार विजयी भएका छन् । काँग्रेसले गोपीकृष्ण भण्डारीलाई वडा अध्यक्षको टिकट दिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजकुमार श्रेष्ठ फराकिलो मतान्तरले विजयी भएका हुन् ।
काँग्रेसबाट आधिकारिक उम्मेदवारी दिएका गोपीकृष्ण भण्डारीले ६२९ मत प्राप्त गर्दा स्वतन्त्रको हैसियतमा गुलाफको फूल चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका श्रेष्ठले १ हजार ३३९ मत प्राप्त गरी विजयी भएका हुन् ।
मुख्य बजारक्षेत्रसमेत समेटिएको वडा नम्बर ३ मा ३३४ मत ल्याएर मावोवादी केन्द्र तेस्रो भएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ