
नक्कली नोट कारोबार गरेको आशंकामा युवक पक्राउ

सर्लाहीको गोडैता नगरपालिकाबाट नक्कली नोटको कारोबार गरेको आशंकामा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । गोडैता–८ स्थित गोडैता बजारबाट ४ थान हजारका थान नोटसहित भारत सितामढी रनौली–१० घर भएका २२ वर्षीय सरोजकुमार बैठालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
उक्त स्थानमा सो नगरपालिका–५ रामबन घर भई पार्चुनको पसल गरी बस्ने सुजित यादवको पसलमा बैठाले सामान किन्दा दिएको नोट शंकास्पद रहेको बताइएको छ । नक्कली नोट कारोबार गरेको सूचना पाएपछि चौकी गौडेताबाट खटिएको प्रहरीले बैठालाई नियन्त्रणमा लिएरु खानतलासी गर्दा ४ थान नोट भेटिएको थियो । उनको साथबाट शंकास्पद नेपाली नोट ५ सयको १ थान, १ सयको नोट २ थान, र ५० को नोट १ थान बरामद गरिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ