बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पोखराको मेयरमा गठबन्धन अगाडि, उपमेयरमा एमालेले उछिनो

सोमबार, ०२ जेठ २०७९, १३ : ५२
सोमबार, ०२ जेठ २०७९

कास्कीको पोखरा महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै छ । ११ हजार मत गन्दा आचार्यले ४४७८ मतका साथ अग्रता कायम राखेका छन् । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ४१२४ मतका साथ पछ्याइराखेका छन् । आचार्यसँग थापा २५४ मतले पछाडि रहेका छन् । यता उपमेयरमा एमालेले अग्रता लिएको छ ।

एमालेकी मञ्जुदेवी गुरुङले ४७१४ मत ल्याउँदा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ४५७० मत ल्याएकी हुन् । काँग्रेसकी रानाभाट १४४ मतले एमालेकी गुरुङभन्दा पछाडि छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप