बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बझाङको बुंगलको मेयरमा काँग्रेस र उपमेयरमा समाजवादी विजयी

सोमबार, ०२ जेठ २०७९, १४ : ०७
सोमबार, ०२ जेठ २०७९

बझाङको बुंगल नगरपालिकामा मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा नेपाली काँग्रेस उपमेयरमा नेकपा एकीकृत समाजवादी विजयी भएको हो । 

काँग्रेसका जयबहादुर धामीले मेयरमा जित हात पार्दा उपमेयरमा समाजवादीका धनबहादुर बोहरा विजयी भएका हुन् । मेयरमा निर्वाचित धामीले ७ हजार ६१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी धनदेवी कुँवरले ३२७१ मत प्राप्त गरिन् ।

यस्तै उपमेयर पदमा विजयी बोहराले ६ हजार ६४६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अम्मरराज जोशीले २ हजार ९३२ मत प्राप्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप