शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भरतपुरमा रेनु दाहालसँग विजय सुवेदीले बनाए ६१ मतको अग्रता

सोमबार, ०२ जेठ २०७९, १४ : १४
सोमबार, ०२ जेठ २०७९

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले रेनु दाहालसँग ६१ मतको अग्रता बनाएका छन् । १२ हजार ८६२ मत गन्दासम्म सुवेदी ४ हजार ४०० मत पाएर अग्रस्थानमा रहँदा दाहालले ४ हजार ३३९ मत पाएकी छन् ।

प्रमुख मै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल एक हजार ९०० मत पाएर तेस्रो स्थानमा छन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार १०३ मतसहित अग्रता लिएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङको ३ हजार ४८३ मत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप