शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

४२ स्थानीय तह जित्दा काँग्रेसले खोस्यो एमाले/माओवादीको २२ स्थानीय तह (विवरणसहित)

सोमबार, ०२ जेठ २०७९, १४ : १७
सोमबार, ०२ जेठ २०७९

नेपाली काँग्रेसले यो समाचार तयार पर्दासम्म ४२ वटा स्थानीय तहमा जित निकालेको छ । २०७४ सालको स्थानीय तहमा आफूले पराजय भोगेको २२ नयाँ स्थानीय तहमा एमाले निर्वाचित भएको छ । काँग्रेसले ४२ स्थानीय तह मध्ये २० तहमा पुनरागमन गरेको छ भने २०७४ सालमा एमालेले जितेका १७ स्थानीय तहमा एमालेले जीत निकालेको छ । यस्तै माओवादी केन्द्रले यसअघि जितेको ४ स्थानीय तह पनि काँग्रेसले हात पारेको छ । यस्तै नयाँ शक्तिले जितेको एक स्थानीय तह पनि काँग्रेसले जितेको छ । 

यी हुन् नेपाली काँग्रेसले जितेको ४२ स्थानीय तह 

१) नार्पा भूमि गाउँपालिका, मनाङ

यो गाउँपालिका अध्यक्षमा काँग्रेसका कोन्जो तेन्जिङ लामा १ सय ५८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्ण बहादुर लामाले १ सय ११ मत ल्याएका छन् । २०७४ सालको चुनावमा पनि यहाँ नेपाली काँग्रेस नै विजयी भएको थियो । 

२) नासो गाउँपालिका, मनाङ 

यो गाउँपालिका अध्यक्षमा काँग्रेसका धनबहादुर गुरुङ ८ सय २० मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी मनबहादुर गुरुङले ६ सय ४६ मत पाउका छन् । २०७४ सालको चुनावमा पनि यहाँ काँग्रेस नै विजयी भएको थियो ।

३) घरपझोङ गाउँपालिका, मुस्ताङ

यो गाउँपालिका अध्यक्षमा काँग्रेसका मोहन सिंह लालचन ७ सय ६० मत पाएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले ७ सय ५८ मत पाएका छन् । २०७४ सालको चुनावमा यहाँ एमालेका आस बहादुर थकाली ४ सय ५४ मत पाएर विजयी भएका थिए । 

४) तमानखोला गाउँपालिका, बाग्लुङ

यो गाउँपालिका अध्यक्षमा काँग्रेसका जोकलाल बुढा २७ सय ७ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका देवबहादुर पुनले १९ सय ९५ मत पाएका छन् । 

२०७४ सालको चुनावमा काँग्रेस नै विजयी भएको थियो । 

५) खार्पुनाथ गाउँपालिका, हुम्ला

यो गाउँपालिका अध्यक्षमा काँग्रेसका १८ सय १० मत पाएर कर्ण बहादुर रावल विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका प्रकाश बहादुर शाहीले ११ सय ९५ मत पाएका छन् । २०७४ को चुनावमा पनि उनै रावल निर्वाचित थिए । 

६) स्वामीकार्तिक खापर गाउँपालिका, बाजुरा

यो गाउँपालिका अध्यक्षमा काँग्रेसका २ हजार ११ मत पाएर भरत बहादुर रोकाया विजयी भएका छन् । उनका प्रतिस्पर्धी एमालेका चतुरभुज शाही १७ सय ५७ मत पाएका छन् । २०७४ सालको चुनावमा यहाँ एमालेका चिरञ्जीवी शाही विजयी भएका थिए । 

७) बडीकेदार गाउँपालिका, डोटी

यो गाउँपालिका अध्यक्षमा काँग्रेसका भैरव बहादुर साउँद २३ सय ४३ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी चक्र बहादुर घर्तीमगरले १६ सय ८४ मत पाएका छन् । २०७४ सालमा पनि यहाँ काँग्रेस नै विजयी भएको थियो । 

८) गन्यापधुरा गाउँपालिका, डडेलधुरा

यो गाउँपालिका अध्यक्षमा काँग्रेसका ईन्द्र बहादुर कार्की १३ हजार ३ सय ८४ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेस (वि.पी.) का सुरेन्द्र बहादुर मालीले १६ सय ४ मत पाएका छन् । २०७४ सालमा पनि यहाँ नेपाली काँग्रेस विजयी भएको थियो । 

९) रेसुङ्गा नगरपालिका, गुल्मी

यो नगरपालिका प्रमुखमा ८ हजार ६ सय १४ मत पाएर काँग्रेसका खिलध्वज पन्थी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका राजेन्द्र पाण्डेले ७ हजार ३ सय २० मत पाएका छन् । २०७४ सालको चुनावमा यहाँ एमालेका डिल्लीराज भुसाल ६ हजार ४ सय ५ मत पाएर विजयी भएका थिए । 

१०) गुल्मीदरबार गाउँपालिका, गुल्मी

यो गाउँपालिका अध्यक्षमा काँग्रेसका सरोजकुमार थापा ६ हजार १ सय ६६ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर भुसालले ५ हजार ६ सय २ मत पाएका छन् । २०७४ सालको चुनावमा यहाँ काँग्रेस नै विजयी भएको थियो । 

११) आमाछोदिङमो गाउँपालिका, रसुवा

यहाँ २०७४ सालमा नयाँ शक्तिले जितेको थियो । 

१२)  आरूघाट गाउँपालिका, गोरखा

यहाँ २०७४ सालमा काँग्रेसले नै जितेको थियो । 

१३) दूधपोखरी गाउँपालिका, लमजुङ

यहाँ २०७४ सालमा काँग्रेसले नै जितेको थियो । 

१४) भैरवी गाउँपालिका, दैलेख

यहाँ २०७४ सालमा एमालेले जितेको थियो । 

१५) माछापुच्छ्रे गाउँपालिका, कास्की

यहाँ २०७४ सालमा एमालेले जितेको थियो । 

१६) घरपझोङ गाउँपालिका, मुस्ताङ

यहाँ २०७४ सालमा एमालेले जितेको थियो । 

१७) रघुगंगा गाउँपालिका, म्याग्दी

यहाँ २०७४ सालमा काँग्रेसले नै जितेको थियो । 

१८) हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक

यहाँ २०७४ सालमा काँग्रेसले नै जितेको थियो ।

१९) गल्कोट नगरपालिका, बाग्लुङ  

यहाँ २०७४ सालमा काँग्रेसले नै जितेको थियो ।

२०) त्रिवेणी गाउँपालिका, सल्यान

यहाँ २०७४ सालमा काँग्रेसले नै जितेको थियो ।

२१) कुमाख गाउँपालिका, सल्यान

यहाँ २०७४ सालमा माओेवादी केन्द्रले जितेको थियो ।

२२) मेरिङदेन गाउँपालिका, ताप्लेजुङ

यहाँ २०७४ सालमा काँग्रेसले नै जितेको थियो ।

२३) कुम्मायक गाउँपालिका, पाँचथर

यहाँ २०७४ सालमा एमालेले जितेको थियो । 

२४) साँगुरीगढी गाउँपालिका, धनकुटा

यहाँ २०७४ सालमा एमालेले जितेको थियो ।

२५) छथर जोरपाटी गाउँपालिका, धनकुटा

यहाँ २०७४ सालमा एमालेले जितेको थियो ।

२६) आठराई गाउँपालिका, तेह्रथुम

यहाँ २०७४ सालमा एमालेले जितेको थियो ।

२७) फेदाप गाउँपालिका, तेह्रथुम

यहाँ २०७४ सालमा एमालेले जितेको थियो ।

२८) मष्टा गाउँपालिका, बझाङ

यहाँ २०७४ सालमा एमालेले जितेको थियो ।

२९) सभापोखरी गाउँपालिका, संखुवासभा

यहाँ २०७४ सालमा एमालेले जितेको थियो ।

३०) केपिलासगढी गाउँपालिका, खोटाङ

यहाँ २०७४ सालमा एमालेले जितेको थियो ।

३१) अरुण गाउँपालिका, भोजपुर

यहाँ २०७४ सालमा काँग्रेसले नै जितेको थियो ।

३२) बराहपोखरी गाउँपालिका, खोटाङ

यहाँ २०७४ सालमा काँग्रेसले नै जितेको थियो ।

३३) ऐरावती गाउँपालिका, प्यूठान

यहाँ २०७४ सालमा काँग्रेसले नै जितेको थियो ।

३४) माहाकुलुङ गाउँपालिका, सोलुखुम्बु

यहाँ २०७४ सालमा माओेवादी केन्द्रले जितेको थियो ।

३५) लिखु पिके गाउँपालिका, सोलुखुम्बु

यहाँ २०७४ सालमा माओेवादी केन्द्रले जितेको थियो ।

३६) सोताङ गाउँपालिका, सोलुखुम्बु

यहाँ २०७४ सालमा एमालेले जितेको थियो ।

३७) कमलबजार नगरपालिका, अछाम

यहाँ २०७४ सालमा काँग्रेसले नै जितेको थियो ।

३८) ढकारी गाउँपालिका, अछाम

यहाँ २०७४ सालमा काँग्रेसले नै जितेको थियो ।

३९) बडीकेदार गाउँपालिका, डोटी

यहाँ २०७४ सालमा काँग्रेसले नै जितेको थियो ।

४०) आदर्श गाउँपालिका, डोटी

यहाँ २०७४ सालमा एमालेले जितेको थियो ।

४१) नवदुर्गा गाउँपालिका, डडेलधुरा

यहाँ २०७४ सालमा एमालेले जितेको थियो ।

४२) शिवनाथ गाउँपालिका, बैतडी

यहाँ २०७४ सालमा काँग्रेसले नै जितेको थियो ।

४३) धनकौल गाउँपालिका, सर्लाही

यहाँ २०७४ सालमा काँग्रेसले नै जितेको थियो ।

४४) गंगादेव गाउँपालिका, रोल्पा

यहाँ २०७४ सालमा माओवादी केन्द्रले जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप