
कामनपा २ को वडाध्यक्षमा एमालेका राजेन्द्रकुमार श्रेष्ठ विजयी

काठमाडौं महानगरपालिकाको वडा नम्बर २ को अध्यक्षमा नेकपा एमालेका राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार श्रेष्ठले १ हजार ३७७ मत प्राप्त गरेका हुन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुर्यलाल महर्जनले ९६३ मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्य पदमा नेकपा एमालेकी पूर्ण लक्ष्मी रजक निर्वाचित भएका छन् ।
रजकले १ हजार २५५ मत प्राप्त गरेका । त्यस्तै वडा नम्बर २ को दलित महिला सदस्यमा नेकपा एमालेबाट ईश्वरी परियार निर्वाचित भएका छन् । उनले १ हजार ३१७ मत प्राप्त गरेको काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले बताए । त्यस्तै सदस्य पदमा नेकपा एमालेका पदमकाजी महर्जन र विमल गुरुङ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत खतिवडाले बताए ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर एकमा पनि नेकपा एमाले विजयी भएको थियो । काठमाडौं महानगरपालिकामा अहिलेसम्म १ र २ वटा वडाको मात्रै मत गणना सकिएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ