शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरीको मनरा शिसवा नगरपालिकामा काँग्रेसको फराकिलो अग्रता

सोमबार, ०२ जेठ २०७९, १४ : २४
सोमबार, ०२ जेठ २०७९

महोत्तरीको मनरा शिसवा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसले फराकिलो अग्रता बनाएको छ । १० हजार २३५ मत गणना हुँदासम्म मेयर पदमा नेपाली काँग्रेसका मोहन पाण्डेयले ३ हजार ३७ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी जसपा नेपालका महेन्द्र रायले एक हजार ४३९ मत पाएका छन् भने नेकपा एमालेका राजेन्द्र साह तेलीले एक हजार ३२५, लोसपा नेपालका संजयकुमार सिंहले एक हजार १०३ मत पाएका छन् । यस्तै, उपमेयरतर्फ काँग्रेसका शकुन्तलादेवीले ३ हजार २१३ मत पाएर अग्रता लिँदा जसपा नेपालका निर्मला कुमारी देवी सिंहले एक हजार ३०९, नेकपा एमालेका पुष्पा कुमारीले एक हजार ३८४, लोसपा नेपालका रमिता प्रधानले एक हजार १०७ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप