
मेटमणि चौधरीका भाइ वडाध्यक्षमा पराजित

नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष तथा सांसद मेटमणि चौधरीका भाइ पुरन चौधरी वडाध्यक्षमा पराजित भएका छन् । दाङदेउखुरीको गढवा गाउँपालिका–७ मा नेकपा समाजवादीबाट उम्मेदवार रहेका उनका भाइ पुरनलाई नेपाली काँग्रेसका राहुलदेव चौधरीले पराजित गरे । राहुलदेवले ९९१ मत प्राप्त गर्दा पुरनले ५०३ मत प्राप्त गरी दोस्रा भए । । यसअघिको चुनावमा पनि सो वडामा नेपाली काँग्रेसका राहुलदेवले नै वडाध्यक्ष जितेका थिए ।
गढवा गाउँपालिकाको उपाध्यक्षमा नेकपा समाजवादीबाट उम्मेदवार रहेका सांसद मेटमणि चौधरीकी दिदी शान्ति चौधरी पनि पराजित हुने अवस्था देखिएको छ । यहाँ माओवादी र नेकपा समाजवादीले गठबन्धन गरेका छन् । जसअनुसार माओवादीबाट गाउँपालिका उम्मेदवार रहेका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले अग्रता बनाएका छन् ।
उता उपाध्यक्षमा भने नेपाली काँग्रेसकी शारदा चौधरीको अग्रता छ । यसअघि एमालेबाट गाउँपालिका उपाध्यक्ष रहेकी शान्ति चौधरी पार्टी विभाजनको क्रममा एमालेमै रही चुनावको मुखमा मात्रै नेकपा एसमा खुलेकी थिइन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ