
‘फर्जी मत’ भेटिएपछि नगराईन नगरपालिकाको मतगणना स्थगित

धनुषाको नगराईन नगरपालिकामा ३ वटा मतदान केन्द्रको मतगणना स्थगित गरिएको छ । नगराईन नगरपालिका–२ को राप्रवि जटही (क) र (ख) मतदान केन्द्रको गणना भइरहेको बेला मतदान अधिकृतको दस्तखत नभएको मतपत्र भेटिएको छ । दस्तखत बिनाको मतपत्र भेटिएपछि लोसपा नेपालका प्रमुख पदको उम्मेदवार राजेश चौधरी सहित ११ जनाले गणना रोक्न आग्रह गरेका थिए ।
उप–स्वास्थ्य चौकी रामबाग (ख) को मत पेटिकामा पनि मतदाताको संख्याभन्दा बढी मतपत्र भेटिएको छ । मतदाताभन्दा धेरै मतपत्र भेटिएपछि ‘हाललाई मतगणना कार्य स्थगित गरी पाउँ’ भनेर धर्मेन्द्र प्रसाद गुप्तासहित पाँच जनाले निर्वाचन अधिकृतलाई निवेदन दिएका छन् । अर्को सूचना नहुँदासम्म मतगणना कार्य स्थगित गरिएको निर्वाचन अधिकृत सुदीपकुमार दंगालले जानकारी दिएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ