बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कास्कीको मादी गाउँपालिका अध्यक्षमा गठबन्धन र उपाध्यक्षमा एमालेको अग्रता

सोमबार, ०२ जेठ २०७९, १४ : ५१
सोमबार, ०२ जेठ २०७९

कास्कीको मादी गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धन र उपाध्यक्षमा नेकपा एमालेले अग्रता बनाएको छ । गाउँपालिकाको एक देखि ६ नम्बर वडाको जारी मतगणनामा अध्यक्षमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका काँग्रेसका देवीजङ्ग गुरुङले ३ हजार ५३५ मतसहित अग्रता लिएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शिवबहादुर गुरुङले ३ हजार ११९ मत पाएका छन् । यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी कल्पना गुरुङले ३ हजार ३२१ मतसहित अग्रता बनाउँदा उनकी निकटतम प्रतिस्पर्धीका रुपमा गठबन्धनका उम्मेदवार लालबहादुर गुरुङले २ हजार ७८८ मत पाएका छन् । लालबहादुर नेकपा माओवादी केन्द्रका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप