शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लाको नाम्खामा माओवादीका प्रेमबहादुर विजयी

सोमबार, ०२ जेठ २०७९, १४ : ५३
सोमबार, ०२ जेठ २०७९

हुम्लाको नाम्खा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर लामा विजयी भएका छन् । उनले  १४६६ मतसहित विजयी भएका हुन्।

उनले स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामालाई पराजित गरेका हुन् । स्वतन्त्र उम्मेदवार लामाले  ६६२ मत पाएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका तक्दिर लामा विजयी भएका छन्। उनी १०९४ मतसहित विजयी भएका हुन्।  पुतली चिन्ह पाएका उपाध्यक्षका उम्मेदवार लाक्पा नुर्बु लामा ६५ मतसहित दोस्रो भएका छन्।  

यस गाउँपालिकाका ६ वटा वडामध्ये ३ वटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। वडा नं ६ का उम्मेदवार भने निर्विरोध निर्वाचित भएका थिए । यो पालिकामा काँग्रेस–माओवादीको गठबन्धन थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप