बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा प्रजापतिले गराए १३ उम्मेदवारको जमानत जफत

सोमबार, ०२ जेठ २०७९, १५ : ०९
सोमबार, ०२ जेठ २०७९

भक्तपुर नगरपालिकामा मेयरमा निर्वाचित नेमकिपाका सुनिल प्रजापतिले ८ दलका र ५ स्वतन्त्र उम्मेदवारको जमानत जफत गराइएदिएका छन् । प्रजापतिले खसेको मतको दुई तिहाइ बढी मत एक्लै ल्याएपछि अन्य उम्मेदवारको जमानत जफत भएको हो । 

प्रजापतिले दोस्रो कार्यकालका लागि निर्वाचित हुँदा २९ हजार २ सय ल्याएका हुन् । जमानत जोगाउन खसेको मतको १० प्रतिशत कटाउनुपर्छ ।  भक्तपुरमा प्रजापतिसँग प्रतिस्पर्धामा ८ वटा दल र पाँच जना स्वतन्त्र उम्मेदवार थिए । 

भक्तपुरको मेयरमा काँग्रेसका रामप्रसाद कासुला, एमालेका रवीन्द्र लाछिमस्यु, राप्रपाबाट बद्री लाखाजु, माओवादी केन्द्रबाट तुलसीभक्त सुवाल, राजमोका रामभक्त किजु, मौलिक जरोकिलोबाट कृष्णराम प्रजापति, नेपाः राष्ट्रिय पार्टीबाट गोपालदास बनेपाली र स्वतन्त्र रुपमा सत्यराम त्वायना, अनिल लावजु, रामसुन्दर धुसु, नीलनारायण कोजु र बलराम प्रजापति उम्मेदवार बनेका थिए । 

यी सबै उम्मेदवारको मत जोड्दा ११ हजार २ सय ४९ मत हुन्छ । उनीहरु सबैको मतभन्दा मेयर प्रजापतिले १८ हजार ३ मत बढि लयाएर जितेका हुन् । त्यसमध्ये निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका रामप्रसाद कासुलाले ३ हजार ३५२ मत ल्याए । ४३ हजार ३७४ मत खसेको उक्त नगरमा जमानत जोगाउन कम्तिमा चार हजार कटाउनुपर्ने थियो । २०७४ को निर्वाचनमा प्रजापतिले २५ हजार ७३० मत ल्याएका थिए । 

भक्तपुरको उपमेयरमा पनि नेमकिपाका बाहेक उम्मेदवारले जमानत जोगाउन सकेनन् । उपमेयरमा नेमकिपाकै रजनी जोशीले २९ हजार ६९५ मत पाइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले २ हजार ७८४ मत ल्याइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप