सिरहाको भगवानपुर गाउँपालिकामा एमालेको विजय
सिरहाको भगवानपुर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र चार वडाध्यक्ष नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । भगवानपुर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उग्रनारायण यादव विजयी भएका छन् । उनले ४ हजार ३०२ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले जनाएको छ ।
उनका निकटतम प्रतिस्पर्धी जसपाका बेचन यादवले ३ हजार २३९ मत ल्याएका छन् । यादव २०७४ सालको निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए । एमालेका उग्रनारायण त्यतिबेला पराजित भएका थिए । गाउँपालिका उपाध्यक्षमा पनि नेकपा एमालेकै रेखाकुमारी यादव विजयी भएकी छिन् । उनले ३ हजार ९६० मत पाएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी जसपाकी जिवछीदेवी यादव ३ हजार २१० मतमै सीमित भइन् ।
पाँच वडा रहेको भगवानपुरमा एमालेका तर्फबाट १ नम्बर वडाध्यक्षमा मिरादेवी यादव, २ नम्बर वडाध्यक्षमा सूर्यनारायण यादव, ३ नम्बर वडाध्यक्षमा विनोद यादव र ५ नम्बर वडाध्यक्षमा अमरलाल यादव विजयी भएका छन् । वडा नम्बर ४ को वडाध्यक्षमा जसपाका रामकुमार यादव विजयी भए ।
जसपा नेता एवं पूर्व विनाविभागीय मन्त्री राजलाल यादव तथा नेकपा एकीकृत समाजवादी पार्टीका पूर्व मन्त्री रामचन्द्र यादवको गृह गाउँ हो भगवानपुर। यहाँ नेता यादवको राम्रो पक्कड थियो। अहिले एमालेले दुवैको पक्कड तोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ