बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

९ महिनामा ३३ करोडको मकै आयात

सोमबार, ०२ जेठ २०७९, १५ : २१
सोमबार, ०२ जेठ २०७९

चालू आर्थिक वर्ष २०७८–७९ को ९ महिनामा विदेशबाट ३३ करोड २४ लाख रुपैयाँको मकै आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैत महिनासम्ममा उक्त मूल्य बराबरको मकै भित्रिएको हो ।

यस अवधिमा विदेशबाट ६९ लाख ३३ हजार ९२३ किलो मकै आयात भएको विभागले जनाएको छ । यस अवधिमा नेपालमा भित्रिएको ३३ करोड २४ लाख रुपैयाँ बराबरको ६९ लाख ३३ हजार ६८३ किलो मकै आयात भएको छ ।
यस्तै, यस अवधिमा टर्कीबाट ५६ हजार रुपैयाँको मकै आयात भएको विभागले जनाएको छ । टर्कीबाट यस अवधिमा २४० किलो मकै आयात भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप