सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा विजय सुवेदी ७३ मतले अगाडि

सोमबार, ०२ जेठ २०७९, १५ : २५
सोमबार, ०२ जेठ २०७९

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका विजय सुवेदी आफ्ना निकटतम प्रतिस्पर्धी रेनु दाहालभन्दा ७३ मतले अगाडि पुगेका छन् । १३ हजार ५६५ मत गणना हुँदा सुवेदीले ४ हजार ६२५ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी दाहालले ४ हजार ५५२ मत पाएकी छन् ।

महानगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४० मत पाएका छन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार ३९५ मत पाएर अग्रता हासिल गरेका छन् भने राप्रपाकी हिमला गुरुङले ३ हजार ६७९ मत पाएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप