शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेटौंडा उपमहानगरको २ नम्बर वडामा काँग्रेस विजयी

सोमबार, ०२ जेठ २०७९, १५ : ३२
सोमबार, ०२ जेठ २०७९

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार विष्णुगोपाल महर्जन अध्यक्षमा विजयी भएका छन् । सोमबार दिउँसो सार्वजनिक मत परिणामअनुसार महर्जन १ हजार २५८ मतसहित वडाध्यक्षमा विजयी भएका हुन् ।

सोही पदमा नेकपा एमालेका उम्मेदवार हरि राउतले ८६४ मत पाए । वडाध्यक्षमा महर्जनसँगै खुला वडा सदस्यमा नेपाली काँग्रेसबाट सुरज बर्तौला (एक हजार २२६ मत), नेकपा माओवादी केन्द्रबाट ईन्द्रप्रसाद रिजाल (एकहजार १७३ मत), महिला सदस्यमा नेकपा एकीकृत समाजवादीबाट तारा ढुंगाना (एकहजार ३६२ मत) र दलित महिलातर्फ नेपाली काँग्रेसबाट मैया परियार (एक हजार २५५ मत) निर्वाचित भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप