शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाले भने – गौतम बुद्धले नेपाल र भारतलाई आपसमा जोडेका छन्

सोमबार, ०२ जेठ २०७९, १५ : ५०
सोमबार, ०२ जेठ २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्धले नेपाल र भारतलाई भावनात्मकरूपमा आपसमा जोडेको बताएका छन् । उनले आज बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै बुद्धले नेपाल र भारतलाई आपसमा भावनात्मक र धार्मिकरूपमा जोडेको बताएका हुन् ।

‘दुवै देशका नागरिकका लागि गौतम बुद्ध उत्तिक्कै श्रदय हुनुहुन्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘उहाँको अमूल्य दर्शन र शिक्षाले दुवै देशका नागरिकलाई नजिकबाट प्रभावित पारेको छ ।’ गौतम बुद्धले दिएका चार उपदेशले मानव जीवनलाई पापबाट मुक्ति दिलाइरहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

‘जीवनलाई रोग, शोक र दुःखबाट माथि उठाउनका लागि शान्ति स्थापना बुद्धका शिक्षा आज पनि विगतकै जत्तिको सान्दर्भिक छन्,’ उनले भने, ‘आज विश्वका विभिन्न ठाउँमा मानवजातिले हिंसा, इर्ष्याको र युद्धको सामना गरिरहनुपरेको छ ।’ यस्तो परिप्रेक्षमा भगवान बुद्धका उपदेश सान्दर्भिक र मनयोग्य बन्न पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप