शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखको भगवतीमाईमा एमालेको गढ भत्कियो, माओवादीका गणेश थापा विजयी

सोमबार, ०२ जेठ २०७९, १७ : ४८
सोमबार, ०२ जेठ २०७९

०७४ मा नेकपा एमालेले वर्चश्व जमाएको दैलेखको भगवतीमाई गाउँपालिकामा नेकपा माओवादीले जितेको छ । माओवादीका गणेश थापाले २८ सय ४६ मत ल्याएर विजयी भएका छन् । उनले नेपाली काँग्रेसका दशरथ खड्कालाई ६४३ मतान्तरले पराजित गरेका हुन् । 

खड्काले २२ सय ३  मत ल्याए भने ०७४ मा पहिलो बनेको एमाले तेस्रो स्थानमा छ । एमालेका शान्ति शर्माले एक हजार ९३४ मत मात्रै पाए ।  उपाध्यक्षमा भने नेपाली काँग्रेसकी मिना खड्काले २६ सय ८३ मत ल्याएर विजयी भएकी छन् ।  त्यहाँ माओवादीकी मनिषा सोनीले  २२ सय ४७ मत पाइन् भने एमालेकी वसन्ता शाहीले एक हजार ९२२ मत पाइन् । त्यहाँ समाजवादी र माओवादीको तालमेल थियो । समाजवादीले वडामा मात्र भाग लिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप