
बालेनको निर्वाचन परिणामबारे खसी बाजी राख्ने दुईजना पक्राउ

काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) को निर्वाचन परिणामबारे खसी बाजी राख्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ बाट उनिहरुलाई पक्राउ गरिएको खोटाङका डिएसपी उमेश लम्सालले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ घर भएका रमेश खड्का र विजय फुयाल छन् । उनीहरुले खसी बाजी राखेको कागज सामाजिक संजालमा भाइरल भएको छ ।
बालेन साह महानगर प्रमुख निर्वाचित भएमा रमेशले २८ केजीको खसी विजयलाई दिने कागजमा उल्लेख गरिएको छ । शाहले हारेमा विजयले २८ केजीको मूल्य भुक्तानी गर्ने कागजमा उल्लेख छ । बाजी राख्नु गैरकानुनी हुने हुनाले उनीहरुमाथि ‘सट्टेबाजी’ ऐन अनुसार अनुसन्धान भइरहेको डिएसपी लम्सालले जानकारी दिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ