
काँग्रेसले खोस्यो माओवादीले जितेका यी ४ पालिका

नेपाली काँग्रेसले ५६ वटा स्थानीय तहमा विजय हासिल गर्दा माओवादीले यसअघि जितेका ४ स्थानीय तहमा पनि जित हात पारेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले जितेका हिमा गाउँपालिका जुम्ला, माहाकुलुङ गाउँपालिका सोलुखुम्बु, लिखु पिके गाउँपालिका सोलुखुम्बु र गंगादेव गाउँपालिका रोल्पामा काँग्रेसले जित हात पारेको हो ।
सत्तारुढ दल काँग्रेस, माओवादी केन्द्र लगायतका दलहरु गठबन्धन बनाएर चुनावमा होमिएपनि सबै स्थानीय तहमा गठबन्धन कार्यान्वयन नहुँदा स्वतन्त्र ढंगले धेरै स्थानीय तहमा चुनावी प्रतिस्पर्धा गरेका थिए । मतगणनाका क्रममा ५६ स्थानीय तह काँग्रेसले जित्दा माओवादी केन्द्रले यसअघि जितेको ४ स्थानीय तहमा पनि जित निकालेको हो ।
यी हुन् काँग्रेसले हात पारेका माओवादीका ४ स्थानीय तह
१) हिमा गाउँपालिका जुम्लामा लक्ष्मण बहादुर शाही १८ सय ७२ मत पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अम्मराज शाही १४ सय २३ मत पाएका छन् ।
२) माहाकुलुङ गाउँपालिका सोलुखुम्बुमा काँग्रेसका सुर्य बहादुर राई २१ सय मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका सागर किराँतीले १६ सय २६ मत पाएका छन् ।
३) लिखु पिके गाउँपालिका सोलुखुम्बुमा काँग्रेसका मिना देवी कार्की ११ सय ६९ मतले विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका डम्बर बहादुर बस्नेतले ११ सय ४१ मत पाएका छन् ।
४) गंगादेव गाउँपालिका रोल्पामा काँग्रेसका हरी बहादुर पुन २ हजार ५४८ मतले विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रोशन कुमार वलीले २ हजार ४९९ मत पाएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ