शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विदुर नगरपालिकाको उपमेयरमा प्रभा बोगटीको अग्रता, एमालेकी अम्बिका ४१ मतले पछाडि

सोमबार, ०२ जेठ २०७९, १८ : ४२
सोमबार, ०२ जेठ २०७९

नुवाकोटको विदुर नगरपालिकामा उपमेयरका उम्मेदवार माओवादी केन्द्रकी प्रभाव बोगटीले नेकपा एमालेकी अम्बिका पौडेललाई ४१ मतले पछि पारेकी छिन् ।  तीब्र प्रतिस्पर्धाकाबीच नगरपालिकाको १,२,३,४ र ५ नम्बर वडाको मत गणना हुँदै गर्दा बोगटीले २५९४ मत प्राप्त गरेकी छिन् । यता एमालेकी पौडेलले हालसम्म २५५३ मतसहित बोगटीलाई पछ्याइरहेकी छिन् । यसअघि पौडेलले अग्रता लिँदै आएकी थिइन् ।

यता मेयर तर्फ भने नेपाली काँग्रेसका राजनलाल श्रेष्ठले फराकिलो मतान्तरबाट लिड गरिरहेका छन् । श्रेष्ठले हालसम्म ३७०५ मत प्राप्त गरिरहँदा एमालेका उम्मेदवार सञ्जु पण्डितले जम्मा २६३५ मत प्राप्त गरेका छन् । 

विदुर नगरपालिकामा मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धन रहेको छ भने एमाले एक्लै गठबन्धनसँग भिडिरहेको छ । हालसम्म नगरपालिकामा कुल ७१७१ मत गणना भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप