शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धादिङमा दुर्घटनामा परेर उम्मेदवारको  मृत्यु

सोमबार, ०२ जेठ २०७९, १८ : ४५
सोमबार, ०२ जेठ २०७९

धादिङको ससाहमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट धादिङबेँसी आउँदै गर्दा आइचर ट्रकसँग ठोक्किएर नीलकण्ठ नगरपालिका–७ का २९ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको हो  । 

दुर्घटनामा सँगै सवार नीलकण्ठ नगरपालिका–४ का सन्तोष अधिकारी गम्भीर घाइते भएका छन् । उनको धादिङमा उपचार हुन नसकी काठमाडौँ ट्रमा सेन्टर पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए। 

धादिङबेँसीबाट काठमाडौँतर्फ जाँदै गरेको बा५ख ७०७२ नम्बरको आइचरले वाग्मती प्रदेश ०२–०३३ प ३३९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । पोखरेलको धादिङ अस्पतालमा मृत्यु भएको हो । 

मृतक पोखरेल गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न लिएर नीलकण्ठ नगरपालिका–७ नम्बर वडाको वडा सदस्य उम्मेदवार थिए । नीलकण्ठ निर्वाचन कार्यालयले भोटगन्नसमेत सुरु नगर्दै उम्मेदवारको मृत्यु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप