बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नुवाकोटको तादीमा काँग्रेस विजयी

सोमबार, ०२ जेठ २०७९, १९ : ०२
सोमबार, ०२ जेठ २०७९

जिल्लाको तादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सन्तमान तामाङ निर्वाचित भएका छन् । तादीमा सत्तासीन दलहरूबीच गठबन्धन भएको थिएन । अध्यक्षमा निर्वाचित तामाङले तीन हजार २४१ मत ल्याएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का किरण रिजालले दुई हजार ५१८ मत ल्याए ।  

    उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का सञ्जु प्याकुरेल विजयी भएकी छन् । प्याकुरेलले तीन हजार ३९७ मत ल्याएको छ । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी ईश्वरी उप्रेतीले दुई हजार ७७८ मत ल्याइन् । 

    वडाध्यक्षहरूमा वडा नं १ मा नेपाली कांग्रेसका नकुरदोङ तामाङ, वडा नं २ मा माओवादी केन्द्रका बच्चुराम तामाङ, वडा नं ३ मा  कांग्रेसका सोनाम थिङ तामाङ, वडा नं ४ मा माओवादी केन्द्रका अश्विनकुमार पाण्डे, वडा नंं ५ का एमालेका सरोज भण्डारी र वडा नं ६ मा माओवादी केन्द्रमा शेरमान तामाङ निर्वाचित भएको तदी गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप