शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महोत्तरीको बर्दिबासमा काँग्रेसका बागीको बर्चस्व

सोमबार, ०२ जेठ २०७९, १९ : २२
सोमबार, ०२ जेठ २०७९

बर्दिबास नगरपालिकाको वडा न.१३ मा काँग्रेसका बागी उम्मेदवार लक्ष्युमण सिंह वडा अध्यक्षमा विजयी भएका छन् । जेब्रा चिन्हवाट प्रल्हाद क्षेत्री प्यानलमा काँग्रेस बाट बागी उम्मेदवार दिएका सिंह निकटम प्रतिद्वन्द्वीलाई ३६ मतले उछिन्दै विजयी भएका हुन् ।

निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार सिंहले ४४७ मत प्राप्त गरेका छन् भने  निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले ४११ मत प्राप्त गरेका छन् । बर्दिबास नगरपालिकाको वडा न.७,८,१ र १३ मा मतगणना गर्दा वडा न.८ मा माओवादी केन्द्रले जित हासिल गरेको छ भने बाँकी १,७,१३ मा बागी उम्मेदवारहरुले नै जित हासिल गरेका छन् । 

नगरमा पनि काँग्रेसका​ वागी उम्मेदवार प्रल्हाद क्षेत्री नै अगाडि छन् । उनी निकटम प्रतिद्वन्दी भन्दा दोब्बर मतले अघि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप