बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस–एमाले मिलेर भत्काए कालिकोटको तिलागुफामा माओवादी गढ

सोमबार, ०२ जेठ २०७९, १९ : ३३
सोमबार, ०२ जेठ २०७९

कालिकोटको तिलागुफा नगरपालिकामा नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन सफल भएको छ ।  त्यहाँ नेपाली काँग्रेसका शंकर प्रसाद अध्यक्षमा विजयी भएका छन् । 

उनले २ हजार ९१६ मत ल्याएर प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिनेश चदाँराले २ हजार ५४० मत ल्याएर पराजित हुन पुगे । यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का नवराज कोइरालाले ७८० मत पाए । 
यस्तै उपप्रमुखमा नेकपा एमालेका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । उनले २ हजार ७५९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादीकी गीता कुमारी ओलीले २ हजार ४१५ मत ल्याएकी छन् ।  

यहाँ ०७४ मा प्रमुखमा माओवादीका रतन बहादुर शाही र उपप्रमुखमा दन्ता नेपालीले जितेका थिए  । अहिले प्रमुख जितेका शंकर उपाध्याय ०७४ मा १५६ मतले पराजित भएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप