शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीको सुर्नयाको अध्यक्षमा एमालेका कुंवर र उपाध्यक्षका काँग्रेसका बोहरा

सोमबार, ०२ जेठ २०७९, १९ : ४९
सोमबार, ०२ जेठ २०७९

बैतडीको सुर्नया गाउँपालिका अध्यक्षमा नेकपा एमालेका अम्मर कुवर विजयी भएकाछन् । कुवरले नेकपा (एकीकृत समाजवादी)का नरेन्द्र बिष्टलाई २५ मतले पराजित गर्दै विजय हासिल गरेका हुन् । 

उपाध्यक्षमा भने नेपाली काँग्रेसका मञ्जु बोहरा विजयी भएकी छन् । बोहराले राप्रपाका देव बहादुर चन्द तथा माओवादी केन्द्रलाई पराजित गर्दै विजय हासिल गरेकी हुन् । 

सुर्नयाका वडाहरुमा भने, मिश्रीत परिणामा आएको छ । वडा न.१मा एमालेका धन बहादुर चन्द विजयी हुदाँ, वडा न.२का राप्रपाका गणेश बिष्ट विजयी भएका छन् । वडा न.३मा काँग्रेसका सम्भु भट्ट विजय हुदाँ वडा न.४ का काँग्रेसकै प्रताप महरा विजयी भएका हुन् ।  वडा न.६ मा एमालेका मदन अवस्थी विजय भएका छन् भने वडा न. ७मा काँग्रेसका भक्त बहादुर कुवर र वडा न.८मा काँग्रेसकै भानबहादुर चन्दले जित हासिल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप